पहिरोले बागलुङ-बुर्तिबाङ सडक अवरुद्ध

हिमाल प्रेस २३ साउन २०८२ ९:४१
18
SHARES
पहिरोले बागलुङ-बुर्तिबाङ सडक अवरुद्ध फाइल तस्बिर।

बागलुङ- बडिगाड गाउँपालिका-२ खर्बाङमा पहिरो जाँदा मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने बागलुङ-बुर्तिबाङ सडक खण्ड अवरुद्ध भएको छ।

आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए।

सडक अवरुद्ध हुँदा पश्चिम बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, गुल्मी र पश्चिम बागलुङदेखि पोखरा, काठमाडौँलगायतका स्थानमा जाने आउने सवारी साधन रोकिएका छन्।

निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन नसकिएको प्रहरी निरिक्षक थापाले बताए।

प्रकाशित: २३ साउन २०८२ ९:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast