बागमती प्रदेश : मुख्यमन्त्रीका लागि बानियाँको दाबी पेस

हिमाल प्रेस १९ साउन २०८२ १६:३१
20
SHARES
बागमती प्रदेश : मुख्यमन्त्रीका लागि बानियाँको दाबी  पेस

काठमाडौँ- बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन्। उनले सोमबार प्रदेश प्रमुख दीपकप्रसाद सापकोटासमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन्।
मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामापछि प्रदेश प्रमुख सापकोटाले सरकार गठनका लागि मंगलबार दिउँसो २ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए।

तर, कांग्रेस संसदीय दलका नेता बानियाँले कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका छन्। प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने क्रममा बानियाँसँगै एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया पनि उपस्थित थिए।

११० सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५६ सांसद आवश्यक पर्ने भएकाले बानियाँको पक्षमा स्पष्ट बहुमत देखिन्छ। स्पष्ट बहुमत भएकाले बानियाँ बागमती प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त हुने पक्का देखिएको छ।

यसअघि मुख्यमन्त्री रहेका बहादुरसिंह लामा कांग्रेसको आन्तरिक विवादका कारण सरकारको नेतृत्व गुमाएका छन्। कांग्रेस संसदीय दलका नेता समेत रहेका लामालाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता भएको थियो।

लामा संसदीय दलका नेताका लागि भएको निर्वाचनमा बानियाँसँग पराजित भएका थिए। कांग्रेस संसदीय दलको विधानले दलको नेताले मात्र सरकारको नेतृत्व गर्न सक्ने व्यवस्था छ। संसदीय दलको नेतामा पराजित भएसँगै लामाले मुख्यमन्त्री पद छोड्नुपरेको हो।

प्रकाशित: १९ साउन २०८२ १६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast