यी स्थानमा आज बाढीपहिरोको सम्भावना

हिमाल प्रेस १७ साउन २०८२ ११:३३
42
SHARES
यी स्थानमा आज बाढीपहिरोको सम्भावना काभ्रेको रोशी खोलाको गत वर्षको बाढी। फाइल तस्बिर

काठमाडौँ- बाढी र पहिरोका कारण देशभरका विभिन्न स्थानमा राजमार्गहरू अवरुद्ध भएका छन्।

नेपाल प्रहरीले आज (शनिबार) बिहान १० बजे सार्वजनिक गरेको विवरणअनुसार देशका ५ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । यस्तै ७ स्थानमा एकतर्फी रूपमा मात्र सवारी साधन सञ्चालनमा रहेका छन्।

प्रहरीका अनुसार संखुवासभाको भोटखोला गाउँपालिका-८ स्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। यस्तै रसुवाको गोसाईंकुण्ड गाउँपालिका-२ मा नेपाल र चीन नाका जोड्ने पुल, गोसाईंकुण्ड गाउँपालिका-२, ३ मा पर्ने पासाङल्हामु सडक खण्ड र उत्तरगया गाउँपालिका-५ गल्छी-त्रिशूलीदेखि मैलुङ-स्याफ्रु पूर्ण रूपमा बन्द भएको छ।

त्यस्तै, रुकुम पश्चिममा बाढीका कारण आठबिसकोट नगरपालिका६ स्थित जाजरकोट-डोल्पा भेरी करिडोर सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रकाशित: १७ साउन २०८२ ११:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast