काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि सागहरूमध्ये धेरैजसोको मूल्य स्थिर राखेको छ। नियमित रूपमा प्रयोग हुने पालुङो साग ४५ रुपैयाँ, रायोसाग ४० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ, हरियो प्याज १२० रुपैयाँ प्रतिकिलोमा उपलब्ध छ।
विशेष र मौसमी सागमध्ये जिरीको साग १००, सेलरी १२०, सौफको साग १८०, पार्सले १२००, पुदिना र इमली २००/२०० रुपैयाँ प्रतिकिलो मूल्यमा छन्। गुन्द्रुकको मूल्य ३५० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
                            प्रकाशित: १६ साउन  २०८२ ९:२१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

