काठमाडौँ- कालीमाटी बजार विकास समितिले आजका लागि हरियो तरकारी तथा सागसब्जीको थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो रु ६०, तोरीको साग रु ५० र चमसुरको साग रु ६० तोकिएको छ।
यसैगरी हरियो प्याज रु १५०, ब्रोकाउली रु १००, चुकन्दर रु ७०, सेलरी रु १५० र पार्सले रु ३५० निर्धारण गरिएको छ।
त्यस्तै च्याउ (कन्य) रु २५०, डल्ले च्याउ रु ४५० र सिताके च्याउ प्रतिकिलो रु १,००० सम्म पुगेको समितिले जनाएको छ।
प्रकाशित: १० असार २०८३ ८:१० | Wednesday, June 24, 2026
प्रतिक्रिया




