बागमती प्रदेश सरकारमा नेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने

हिमाल प्रेस १४ साउन २०८२ १९:४९ | Wednesday, July 30, 2025
बागमती प्रदेश सरकारमा नेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने नेकपा एमालेको केन्द्रीय कार्यालय।

काठमाडौँ– नेकपा (एमाले) ले बागमती प्रदेश सरकारमा प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका संस्थापन पक्षलाई समर्थन दिने जनाएको छ। नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको निर्णय सार्वजनिक गर्दै दलका नेता जगन्नाथ थपलियाले यो जानकारी दिएका हुन्।

उनले नेपाली कांग्रेसको व्यक्ति नभएर दलसँग सत्ता साझेदारी गरिएको बताउँदै जो संस्थापन बनेर आउँछ उसलाई समर्थन गर्ने बताए। उनले नेपाली कांग्रेसको आन्तरिक समस्याका कारण सरकारमा समस्या आउन नदिन नेकपा एमाले सजग रहेको बताए।

नेपाली कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले गर्न लागेको मन्त्रीमण्डल विस्तारलाई नेकपा एमालेले रोक्न लगाएका थिए।

प्रकाशित: १४ साउन २०८२ १९:४९ | Wednesday, July 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast