डडेल्धुराका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्त गर्न निर्देशन

हिमाल प्रेस १४ साउन २०८२ १७:४५ | Wednesday, July 30, 2025
डडेल्धुराका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्त गर्न निर्देशन

डडेल्धुरा- शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्देशनअनुसार डडेल्धुराका सातवटै स्थानीय तहलाई सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति, कार्यकाल र व्यवस्थापन सम्बन्धी कार्य विधि  कार्यान्वयन गर्न निर्देशन दिइएको छ।

शिक्षा विकास तथा समन्वय एकाई, डडेल्धुराबाट जारी पत्रअनुसार सानोठिमी, भक्तपुरस्थित केन्द्रको साउन ७ को पत्राचार अनुसार शिक्षा नियमावली २०५९ को संशोधित परिच्छेद १७ अन्तर्गतको नियम ९३ मा प्रधानाध्यापकको नियुक्ति र कार्यकालसम्बन्धी स्पष्ट व्यवस्था रहेको उल्लेख गरिएको छ।

एकाइ प्रमुख खडकबहादुर महतले हस्ताक्षर गरेको पत्रमा स्थानीय तहका शिक्षा, युवा तथा खेलकुद शाखालाई सोही कानुनी व्यवस्थाबमोजिम आफ्ना क्षेत्राधीन सम्पूर्ण सामुदायिक विद्यालयहरूमा प्रधानाध्यापकको नियुक्ति तथा व्यवस्थापन गर्न अनुरोध गरिएको छ।

यससम्बन्धी पत्रको बोधार्थ शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरमा समेत पठाइएको छ।

प्रकाशित: १४ साउन २०८२ १७:४५ | Wednesday, July 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast