चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु

हिमाल प्रेस १३ साउन २०८२ २०:११ | Tuesday, July 29, 2025
चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु सांकेतिक तस्बिर

भरतपुर- चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। आज (मंगलबार) भरतपुर महानगरपालिका-१८ गुन्जनगरका शेरबहादुर थापाको करेन्ट लागेर मृत्यु भएको हो।

स्थानीय जुना नेपालीको खेतमा पानी तान्ने पम्पमा लागेको आगो निभाउने क्रममा सोही ठाउँका ५० वर्षीय थापा करेन्ट लागेर घाइते भएका थिए।

उनलाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रकाशित: १३ साउन २०८२ २०:११ | Tuesday, July 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast