काठमाडौँ- मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेर १ लाख ९३ हजार रुपैयाँ कायम भएको हो।
यअसघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम थियो। यस्तै चाँदीको मूल्य भने बढेको छ। सोमबार तोलामा २ हजार २९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रकाशित: १३ साउन २०८२ १०:४० | Tuesday, July 29, 2025
प्रतिक्रिया




