एमसीसीलाई निरन्तरता दिने अमेरिकाको निर्णय

हिमाल प्रेस ११ साउन २०८२ १९:४२ | Sunday, July 27, 2025
एमसीसीलाई निरन्तरता दिने अमेरिकाको निर्णय

काठमाडौँ- अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ। एमसीसीलाई निरन्तरता दिन अमेरिकी सरकारले निर्णय गरेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको हो।

अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले एमसीसी नेपाल सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरेको र यसबारे नेपाल सरकारलाई जानकारी गराइएको दूतावासको भनाइ छ।

५० करोड डलर बराबरको एमसीसी सम्झौता र त्यसमा नेपाल सरकारको थप १९.७ करोड डलरको योगदानले विद्युत प्रसारण पूर्वाधारको निर्माण र सडक सञ्जाल सुधार गरी समृद्धि र क्षेत्रीय ऊर्जा प्रवद्र्धनमा सहयोग पुग्ने अमेरिकाले विश्वास लिएको छ।

अमेरिकी सरकारले गरेको यो निर्णयसँगै एमसीसी कार्यक्रम नेपालमा अगाडि बढ्ने खुलेको छ।

प्रकाशित: ११ साउन २०८२ १९:४२ | Sunday, July 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast