चुनावको तयारीमा जुट्न अध्यक्ष यादवको निर्देशन

हिमाल प्रेस ११ साउन २०८२ १८:२१ | Sunday, July 27, 2025
चुनावको तयारीमा जुट्न अध्यक्ष यादवको निर्देशन

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विभाग र जनवर्गीय संगठनका प्रमुखहरूलाई पार्टीको मुद्दा, नीति र सिद्धान्त बोकेर जनताको घरदैलोमा पुग्न निर्देशन दिएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा केन्द्रीय विभाग र जनवर्गीय संगठनका प्रमुखहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो निर्देशन दिएका हुन्।

उनले चुनावी तयारी र जनताका बीच पार्टीको एजेन्डा र मुद्दा आमजनताको घरघरमा पुगेर प्रस्ट पार्न निर्देशन दिए। यादवले हालको अन्योलपूर्ण राजनीतिक परिस्थितिमा परिवर्तनको दिशामा अडिग भएर अघि बढ्नुपर्ने बताए।

‘जसपा नेपालले बलियो ढंगले उठाउँदै आएका मुद्दाहरू प्रस्ट रूपले अझै जनताबीच पुग्न सकेको छैन। ती मुद्दाहरू जनतामा पुर्‍याउने र उहाँहरूलाई बुझाउने काम तपाईँहरूको,’ अध्यक्ष यादवले भने,‘पार्टीपंक्तिलाई अब न विश्राम गर्ने समय छ, न छुट छ। तपाईँहरू सम्पूर्ण शक्ति लगाएर आगामी चुनावको तयारीमा होमिनुस्।’

मधेश प्रदेशसहित देशैभर पार्टीको सशक्त उपस्थिति र सघन सक्रिया आवश्यक रहेको उल्लेख गर्दै त्यसलाई थप व्यापक बनाउनुपर्नेमा उनले जोड दिए। अध्यक्ष यादवले आगामी निर्वाचनलाई दृष्टिगत गरी प्रत्यैक तहका नेता–कार्यकर्तालाई तयारीमा जुट्न आह्वान गरे।

प्रकाशित: ११ साउन २०८२ १८:२१ | Sunday, July 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast