एमालेमा विद्या भण्डारीको विषय ‘च्याप्टर क्लोज’ भइसक्यो : अर्थमन्त्री पौडेल

हिमाल प्रेस ७ साउन २०८२ १३:११ | Wednesday, July 23, 2025
एमालेमा विद्या भण्डारीको विषय ‘च्याप्टर क्लोज’ भइसक्यो : अर्थमन्त्री पौडेल

बुटवल- नेकपा एमालेका उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अब राजनीतिमा सक्रिय नहुने दाबी  गरेका छन्।

बुधबार बुटवलमा आयोजित ४७औं पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रपति बन्नुअघि पार्टी सदस्यता त्याग गरिसकेको र त्यसलाई पुनः नविकरण गर्न नमिल्ने बताए।

‘गणतान्त्रिक नेपालको राष्ट्र प्रमुख भइसकेको व्यक्तिले फेरि सक्रिय राजनीति गर्न मिल्दैन,’ पौडेलले भने,‘पूर्वराष्ट्रपतिको हैसियतमा बस्नु नै उचित हुन्छ।’ उनले पार्टीभित्र पनि विद्यादेवी भण्डारीको विषयमा अब ‘च्याप्टर क्लोज’ भइसकेको बताए।

सो अवसरमा उपाध्यक्ष पौडेलले नेतृत्व उमेरका आधारमा मात्र नभई विचार, दृष्टिकोण र क्रियाशीलताको मूल्यांकनका आधारमा हुनुपर्ने बताए। उनले एमालेले ७० बर्से उमेर सीमा हटाउने निर्णय राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा गरिएको पनि बताए।

कम्युनिस्ट आन्दोलनको सन्दर्भमा बोल्दै उनले पुष्पलालले मार्क्सवादी विचारधाराबाट प्रेरित भई समाज रूपान्तरणको लक्ष्यसहित पार्टी स्थापना गरेको स्मरण गरे। ‘नेपालको कम्युनिस्ट आन्दोलन अब अन्तर्राष्ट्रिय आन्दोलनका लागि पनि पाठशाला बनेको छ’ पौडेलले भने।

प्रकाशित: ७ साउन २०८२ १३:११ | Wednesday, July 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast