शिक्षकका अधिकांश माग सम्बोधन भइसकेकाले थप अडान आवश्यक छैन : सुमना श्रेष्ठ

हिमाल प्रेस ४ साउन २०८२ १६:२७ | Sunday, July 20, 2025
शिक्षकका अधिकांश माग सम्बोधन भइसकेकाले थप अडान आवश्यक छैन : सुमना श्रेष्ठ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयकमा शिक्षकका अधिकांश माग समावेश भइसकेकाले अब थप अडान राख्नु उचित नहुने बताएकी छन्।

आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले शिक्षकसँग भएका सहमतिका आधारमा विधेयक तयार गरिएको बताउँदै अब पनि शिक्षकले अनावश्यक रूपमा अडान राख्नु औचित्यहीन हुने बताइन्।

‘विधेयकमा शिक्षकका धेरैजसो माग समेटिएको छ,अब पनि आन्दोलनको रूप दिने हो भने त्यसको गलत राजनीतिक प्रयोग हुन सक्छ,’ श्रेष्ठले भनिन्।

उनले विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन अध्ययन गर्न शिक्षकलाई आग्रह गरिन्। साथै, शिक्षकमाथि अरू समूहले राजनीतिक खेल खेल्न थालेको भन्दै सचेत रहन पनि अनुरोध गरिन्।

श्रेष्ठले शिक्षामन्त्रीकै आग्रहमा विधेयकको प्रक्रिया अघि नबढेकाले ढिलाइ भएको र अब राजनीतिक दलहरू पनि यसमा गम्भीर बन्नुपर्ने बताइन्।

प्रकाशित: ४ साउन २०८२ १६:२७ | Sunday, July 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast