दैनिक २.५५ किलोमिटर सडक निर्माण भइरहेको छ : प्रधानमन्त्री

हिमाल प्रेस ३ साउन २०८२ १३:४७ | Saturday, July 19, 2025
दैनिक २.५५ किलोमिटर सडक निर्माण भइरहेको छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले गत आर्थिक वर्षमा दैनिक २.५५ किलोमिटर सडक निर्माण भएको बताएका छन्।

सामाजिक सञ्जालमा समृद्धिको बाटो, पछिल्लो ६ वर्षयता मुलुकले सबैभन्दा ठूलो भौतिक पूर्वाधारमा फड्को मारेको बताएका छन् । उनले गत आर्थिक वर्षमा ९३२ किलोमिटर सडक कालोपत्र भएको जानकारी दिएका छन्।

‘आजभन्दा ६ वर्ष अगाडि हाम्रै सरकार हुँदा भौतिक पूर्वाधार विकासको गति उच्च भएको रेकर्ड रहेछ, त्यसबीचमा फेरि त्यो गति घटेको रहेछ,’ उनले भनेका छन्, ‘अहिले फेरि हामी नै सरकारमा हुँदा पूर्वाधार विकासको गति बढेको तथ्यांक प्राप्त भएको छ । यो गति अझ बढाउनुपर्नेछ।’

प्रकाशित: ३ साउन २०८२ १३:४७ | Saturday, July 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast