प्रदेश सरकारहरू संघीय सरकारको प्रतिलिपि जस्तो मात्रै भए : गगन थापा

हिमाल प्रेस २ साउन २०८२ २१:२२
6
SHARES
प्रदेश सरकारहरू संघीय सरकारको प्रतिलिपि जस्तो मात्रै भए : गगन थापा

पाटन (ललितपुर)- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स‌ंघीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा निर्मम भएर समीक्षा गर्नुपर्ने धारणा राखेका छन्।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रीय कार्यसमितिद्वारा २८औँ स्थापना दिवसको अवसरमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा महामन्त्री थापाले संघीयता कार्यान्वयनका उपलब्धि र कमीकमजोरीका विषयमा सबै गम्भीर भएर समीक्षा गर्नुपर्नेमा जोड दिए।

उनले संघीय सरकारले प्रभावकारी काम गर्न नसक्दा प्रदेश सरकारहरू संघको प्रतिलिपि जस्तो मात्रै भएका भन्दै यसलाई सुधार गर्नुपर्ने बताए।

प्रकाशित: २ साउन २०८२ २१:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast