एमालेमा अब न उमेरको सीमा, न कार्यकालको रोक

हिमाल प्रेस २ साउन २०८२ ७:५० | Friday, July 18, 2025
एमालेमा अब न उमेरको सीमा, न कार्यकालको रोक

काठमाडौँ- नेकपा एमालेले ७० बर्से उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार राति सम्पन्न पार्टी सचिवालय बैठकले उक्त निर्णय गरेको हो।

बैठकमा दोस्रो विधान महाधिवेशनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावलाई अन्तिम रूप दिँदै पार्टी विधान (२०७८ संशोधन) को धारा ६४ मा रहेको ७० वर्ष उमेरहद र दुई कार्यकाल व्यवस्था हटाउने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

उपाध्यक्ष पौडेलले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावलाई आज बस्ने पोलिटब्युरो बैठकमा पेस हुने र उक्त प्रस्ताव केन्द्रीय कमिटीमा लगिने उपमहासचिव ज्ञवालीले बताए। बैठकले पदाधिकारीको संख्या १५ सहित ८४ सदस्यीय पोलिटब्युरो र केन्द्रीय कमिटीमा २५१ सदस्य रहने निर्णय गरेको छ।

पार्टीमा दुई किसिमका सदस्य रहने प्रस्ताव गरिएको जानकारी दिँदै उपमहासचिव ज्ञवालीले एउटा सदस्य तथा अर्को संगठित सदस्य भएको बताए।

यही साउन ५ गते केन्द्रीय कमिटी बैठक पनि बस्ने छ भने आगामी भदौ २०, २१ र २२ गते हुने विधान महाधिवेशनले उक्त प्रस्ताव पारित गरेपछि उमेरहद र कार्यकालसम्बन्धी नयाँ प्रावधान लागु हुनेछ।

प्रकाशित: २ साउन २०८२ ७:५० | Friday, July 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast