एसईई ग्रेडवृद्धि लक्षित शिक्षक संगठनको विशेष कक्षा सुरु

हिमाल प्रेस १ साउन २०८२ १०:४० | Thursday, July 17, 2025
एसईई ग्रेडवृद्धि लक्षित शिक्षक संगठनको विशेष कक्षा सुरु

काठमाडौँ- मुलुकभरका माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ग्रेडवृद्धि गर्न चाहने विद्यार्थीका लागि नेपाल राष्ट्रिय शिक्षक संगठनले विशेष सामाजिक उत्तरदायित्व स्वरूप निःशुल्क एक महिने अनलाइन कक्षा सुरु गरेको छ।

शिक्षामा समावेशिता र समान अवसर सुनिश्चित गर्ने उद्देश्यसहित असार ३१ गतेदेखि सुरु गरिएको यस कक्षामा गणित, विज्ञान, अंग्रेजी र सामाजिक अध्ययनजस्ता चुनौतीपूर्ण विषयमा देशभरका वरिष्ठ, अनुभवी तथा विषय विशेषज्ञ शिक्षकहरूद्वारा अध्यापन गरिँदैछ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंसबहादुर शाहीका अनुसार हामी केवल विद्यार्थीलाई पास गराउने उद्देश्य राख्दैनौं, बरु बुझाइ, आत्मविश्वास र दीर्घकालीन जीवनोपयोगी सीप विकासमा केन्द्रित छौं।

शिक्षा क्षेत्रमा नवप्रवर्तन, प्रविधिको प्रभावकारी प्रयोग र सबैका लागि समान पहुँच सुनिश्चित गर्दै पछाडि परेका विद्यार्थीलाई अघि ल्याउने संगठनको अभियानलाई अझ सशक्त बनाउन सरकार, स्थानीय तह, विद्यालय र अभिभावकहरूको सहकार्य आवश्यक रहेको पनि शाहीले बताए।

अध्यक्ष शाहीले सम्पूर्ण विद्यार्थी, अभिभावक, विद्यालय र शिक्षक समुदायलाई यो अवसरको भरपुर उपयोग गर्न आग्रह गरे। उनले भने, ‘शिक्षा सबैका लागि हो। अवसर पनि सबैलाई सुनिश्चित गर्नुपर्छ।’

प्रकाशित: १ साउन २०८२ १०:४० | Thursday, July 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast