शिक्षक कर्मचारीको तलबबारे स्थानीय तहलाई परिपत्र

हिमाल प्रेस ३२ असार २०८२ १६:११ | Wednesday, July 16, 2025
शिक्षक कर्मचारीको तलबबारे स्थानीय तहलाई परिपत्र

भक्तपुर- शिक्षा तथा मानव स्रोत विकास केन्द्र, समावेशी शिक्षा शाखाले विशेष शिक्षा परिषदअन्तर्गत कार्यरत शिक्षक तथा कर्मचारीको तलबसम्बन्धी प्रतिवेदनका विषयमा आवश्यक कार्यान्वयन गर्न ७५३ स्थानीय तहलाई परिपत्र गरेको छ।

भरतपुर महानगरपालिका (पत्र संख्या ६३७५, मिति २०८२।०२।०५) र काठमाडौँ महानगरपालिका (पत्र संख्या १४६६, मिति २०८२।०२।२३) बाट आएको निर्देशनसम्बन्धी पत्रका आधारमा केन्द्रले विषयलाई निर्णयार्थ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पेस गरेको थियो। सोही सन्दर्भमा मन्त्रालयको सचिवस्तरीय तहबाट २०८२ असार २९ गते ‘कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१/८२’ अनुसार अघि बढाउन निर्णय भएको हो।

निर्देशक रामप्रसाद शर्माद्वारा हस्ताक्षरित परिपत्रमा उक्त निर्णयअनुसार विशेष शिक्षा कार्यक्रमअन्तर्गत रहेका शिक्षक तथा कर्मचारीहरूको तलब सम्बन्धी कार्य तत्परताका साथ अघि बढाउन सबै स्थानीय तहलाई अनुरोध गरिएको छ।

 

प्रकाशित: ३२ असार २०८२ १६:११ | Wednesday, July 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast