सम्पत्ति विवरणबारे शिक्षकलाई यस्तो निर्देशन

हिमाल प्रेस ३१ असार २०८२ १५:४७ | Tuesday, July 15, 2025
सम्पत्ति विवरणबारे शिक्षकलाई यस्तो निर्देशन

नवलपरासी (बर्दघाट सुस्तापूर्व)- शिक्षा विकास तथा समन्वय एकाइ, नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जिल्लाभरिका सम्पूर्ण सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई आगामी भदौ १० गतेभित्र सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ।

राष्ट्रिय किताबखाना (शिक्षक), म्यूजियम मार्ग, छाउनी, काठमाडौँको चलानी नम्बर ५५०६, मिति २०८२ असार ११ को पत्रका आधारमा यो निर्देशन जारी गरिएको हो।

सम्पत्ति विवरण बुझाउने कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ (क) बमोजिम अनिवार्य गरिएको कानुनी प्रावधान रहेको एकाइले स्पष्ट पारेको छ।

यसअन्तर्गत, स्थायी शिक्षकहरूले आर्थिक वर्ष ०८१/०८२ को सम्पत्ति विवरण आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत र विवरणसहित अद्यावधिक गरी, तोकिएको ढाँचाको खाममा राखी २०८२ भदौ १० गतेभित्र एकाइमा बुझाउनु पर्ने सूचनामा उल्लेख छ।

प्रकाशित: ३१ असार २०८२ १५:४७ | Tuesday, July 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast