बाल विकास, करार शिक्षक र कर्मचारीको म्याद थप्न निर्देशन

हिमाल प्रेस ३१ असार २०८२ १५:०४ | Tuesday, July 15, 2025
बाल विकास, करार शिक्षक र कर्मचारीको म्याद थप्न निर्देशन

रसुवा- उत्तरगया गाउँपालिकाले गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत करार शिक्षक, विद्यालय कर्मचारी र बाल विकास सहजकर्ताको करार म्याद आगामी साउन १ गतेदेखि पुस मसान्तसम्म थप गर्न निर्देशन दिएको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शासकीय सुधार शाखा, सानोठिमी, भक्तपुरको चलानी नम्बर २११, २०८२ असार १३ को पत्रका आधारमा यो निर्णय गरिएको हो।

उक्त पत्रअनुसार दरबन्दी तथा राहत अनुदान कोटामा कार्यरत करार शिक्षक, विद्यालय कर्मचारी तथा बाल विकास सहजकर्ताको नियुक्ति पश्चात म्याद थप सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गर्न भनिएको छ।

उत्तरगया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ दाहालले हस्ताक्षरित सूचनामा शिक्षा नियमावली २०५९ को नियम ९६ को उपनियम (८) अनुसार कार्य गर्न सबै विद्यालयलाई अनुरोध गरिएको छ।

प्रकाशित: ३१ असार २०८२ १५:०४ | Tuesday, July 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast