सुनसरीमा सालीमाथि गोली प्रहार गरी हत्या

हिमाल प्रेस ३० असार २०८२ ९:०६ | Monday, July 14, 2025
सुनसरीमा सालीमाथि गोली प्रहार गरी हत्या

इटहरी- सुनसरीको हरिनगरमा भिनाजुले गोली प्रहारबाट साली नाता पर्ने एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।

हरिनगर गाउँपालिका-६ महरम चौकमा सोमबार बिहान २ः३० बजेतिर सालीमाथि गोली प्रहार गर्दा १८ वर्षीया अरसी खातुनको ज्यान गएको हो। उनलाई भारतको पत्रहा पंचायत-१६ घुर्नाका २९ वर्षीय अजाद मियाँ जटले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

अजाद मृतककी दिदीका श्रीमान अर्थात् भिनाजु रहेको प्रहरीले जनाएको छ। गोली प्रहार लगत्तै अजाद मियाँ फरार भएका छन्। घटनाको जानकारी बिहान ३ः४५ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय घुस्कीहाटबाट प्रहरी नायव निरीक्षक सुरेश यादवको कमाण्डमा टोली खटिएको छ।

थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन प्रहरी नायब उपरीक्षक योगराज खतिवडाको नेतृत्वमा अनुसन्धान अधिकृतसहितको टोली घटनास्थल पुगेको छ। फरार अभियुक्तको खोजीका लागि सुनसरीका सबै मातहत प्रहरी कार्यालयहरूबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रकाशित: ३० असार २०८२ ९:०६ | Monday, July 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast