चितवनमा उत्पादित प्याजले बजार पाएन, भण्डारणका लागि स्थानीय प्रविधि प्रयोग

हिमाल प्रेस २९ असार २०८२ ११:५६ | Sunday, July 13, 2025
चितवनमा उत्पादित प्याजले बजार पाएन, भण्डारणका लागि स्थानीय प्रविधि प्रयोग

चितवन- उत्पादित प्याजले बजार नपाएपछि यहाँका किसानले स्थानीय प्रविधि प्रयोग गरी भण्डारण सुरु गरेका छन् । भरतपुर महानगरपालिका–२७ का शिवकुमार महतोले सामाजिक सञ्जालमा देखेको प्रविधिको प्रयोग गरेर आफूले उत्पादन गरेको प्याजको भण्डारण गर्न थालेको बताए।

उनले स्टिलको जालीको भकारी बनाएर टेबुल पङ्खाको सहायताले प्याजको भण्डारण गरेका हुन्। उनले भने,‘मैले सामाजिक सञ्जालमा खोज्दा प्याज भण्डारण गर्नका लागि घरेलु उपाय भेटाएर यसरी भण्डारण गरेको हुँ।’

स्टिलको जाली मुनि पनि जाली बनाएर केही भाग खुला छाडेर खडाइको सहायताले प्याजलाई सुक्खा बनाएर राख्ने गरेको उनले बताए। उनले प्याजलाई विगत तीन महिनादेखि यसैगरी भण्डारण गरेर राखेका छन्।

यसो गर्दा प्याजभित्रको तातो हावा बाहिर जाने र चिसो हावाले प्याजलाई बाफिन नदिने हुन्छ। जसका कारण प्याज कुहिने र टुसा पलाउने समस्या नहुने उनको बुझाइ छ। प्याज उत्पादन हुने समयमा थोक मूल्य प्रतिकेजी २० परेपछि घाटामा बिक्री नगर्ने योजनासहित आफूले भण्डारणको उपाय अपनाएर काम गरेको उनले बताए।

उनले यसरी एक टन प्याज भण्डारण गरेर राखेका छन्।

प्रकाशित: २९ असार २०८२ ११:५६ | Sunday, July 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast