११ सयले बढ्यो सुनको मूल्य

हिमाल प्रेस २९ असार २०८२ ११:११ | Sunday, July 13, 2025
११ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ- नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ९०० रुपैयाँ कायम छ। अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।

चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला दुई हजार २८५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ।

अघिल्लो दिन चाँदी प्रतितोला दुई हजार २२० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: २९ असार २०८२ ११:११ | Sunday, July 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast