कृष्णहरि बास्कोटालाई पितृ शोक

हिमाल प्रेस २८ असार २०८२ १२:३१
12
SHARES
कृष्णहरि बास्कोटालाई पितृ शोक

काठमाडौँ- राष्ट्रिय सूचना आयोगका पूर्वअध्यक्ष कृष्णहरि बास्कोटालाई पितृ शोक परेको छ । उनका पिता हरिहर बास्कोटाको १०० वर्षको उमेरमा आज बिहान कुलेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो ।

समाजसेवी स्वर्गीय बास्कोटाको नाममा धादिङका विभिन्न विद्यालयमा ५० लाखभन्दा बढी अक्षयकोश स्थापना गरी गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ ।

उनको नाममा हरिहर–भोजकुमारी केबलपुर मावि सञ्चालनमा छ । उनका दुई छोरी र चार छोरा रहेका छन् । स्व।बास्कोटाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छोरा कृष्णहरिले जानकारी दिए ।

प्रकाशित: २८ असार २०८२ १२:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast