
मेष
सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ। ब्यापार ब्यवसायबाट लाभ मिल्नेछ ।
वृष
नयाँ काम गर्ने अवसर मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ। राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ।
मिथुन
परोपकारी काममा रुची बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साथीभाइसँग रमाइलोमा समय बित्नेछ ।
कर्कट
सहयोगीहरूले काममा साथ दिनेछन्। आँटेका काम पनि सजिलै बन्नेछन्। कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ ।
सिंह
साथीभाइसँग भेट हुँदा मन प्रसन्न रहनेछ । ब्यापार ब्यवसायमा प्रसस्त लाभ मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ।
कन्या
टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ ।
तुला
व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ। दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांंकन हुनेछ। पढाइमा पनि प्रगति हुने समय छ ।
वृश्चिक
ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइ लेखाइमा प्रगति हुनेछ ।
धनु
रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। लामो समयपछि साथीभाईसंग भेट हुँदा मन प्रसन्न रहनेछ।
मकर
समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । स्वास्थ्यमा सुधार आउनेछ। धार्मिक काममा व्यस्त रहनुपर्नेछ । रमाइलोमा समय बित्नेछ।
कुम्भ
सुखदुखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आफन्तको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन्। परिवारजनको साथले नयाँ आशा पलाउनेछ।
मीन
सोचेको आटेको कामहरु बन्नेछन्। व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा बदलिने छ।