
काठमाडौँ- नेपाल प्रहरीले ४० किलो लागुऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी अपिलराज बोहराका अनुसार पक्राउ पर्नेमा धादिङ गजुरी-४ का निराजन चेपाङ, प्रकाश चेपाङ र शंकर चेपाङ, काठमाडौँ महाराजगञ्जका जीवन प्रजा र सुमन चेपाङ रहेका छन्।
उनीहरूको साथबाट प्रहरीले एक लाख २५ हजार नगदसमेत बरामद गरेको छ।
उनीहरूले काठमाडौँ कोटेश्वरस्थित सुननम चेपाङको डेरामा लुकाइछिपाई राखेको अवस्थामा सो परिमाणको गाँजा राखेको र बिक्री वितरण गरेको प्रहरीको भनाइ छ।
प्रकाशित: २७ असार २०८२ ९:२०
प्रतिक्रिया