मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा, खानेपानी संकट समाधान गर्न संघलाई आग्रह गर्ने निर्णय

हिमाल प्रेस २७ असार २०८२ ५:३३ | Friday, July 11, 2025
मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा, खानेपानी संकट समाधान गर्न संघलाई आग्रह गर्ने निर्णय

जनकपुर- वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुँदा धान रोपाइमा समस्या उत्पन्न भएको र धान रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको अवस्थालाई दृष्टीगत गर्दै मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार साँझको बैठकले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो।

बैठकले सुक्खाग्रस्त मधेश प्रदेशका किसानहरूका लागि आवश्यक विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह गर्ने निर्णयसमेत गरेको छ। यस्तै कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरूलाई पनि आवश्यक सहयोग गर्न प्रदेश सरकार आह्वान गरिएको छ।

यसैगरी‍, मन्त्रिपरिषद्को बैठकले पर्साको वीरगन्जसहित मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको खानेपानी संकट समाधानका लागि आवश्यक स्रोतसाधन परिचालन गर्ने निर्णय गरेको छ।

खानेपानी संकट समाधानमा आवश्यक सहयोग गर्न संघीय खानेपानी मन्त्रालयलाई आग्रह गर्दै ट्यांकर सहितका विभिन्न माध्यमबाट पानीको आपूर्ति मिलाउने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ।

प्रकाशित: २७ असार २०८२ ५:३३ | Friday, July 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast