पुनर्निर्माणपछि यस्तो देखियो बडी मालिका मन्दिर

हिमाल प्रेस २६ असार २०८२ २०:४३ | Thursday, July 10, 2025
पुनर्निर्माणपछि यस्तो देखियो बडी मालिका मन्दिर

काठमाडौँ- नेपाली सेनाले बाजुरास्थित ऐतिहासिक, पुरातात्त्विक एवं धार्मिक महत्त्वको बडी मालिका मन्दिरको पुनर्निर्माण गरेको छ। सुदूरपश्चिम क्षेत्रमा पर्ने मल्लागिरी पर्वतअन्तर्गत समुद्री सतहबाट करिब ४२२० मिटर उचाइमा अवस्थित नेपालकै आस्थाको केन्द्रको रूपमा रहेको सो मन्दिरको पुनर्निर्माण असार २३ गते सम्पन्न गरेको हो।

सेनाले २०८१ चैत २८ गतेबाट पुनर्निर्माणको काम सुरु गरेको थियो। पुनर्निर्माणको समयमा समेत श्रद्धालु भक्तजनहरूका लागि मन्दिर निरन्तर खुल्ला थियो।

प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (पाँचौँ संशोधन सहित) को परिधिभित्र रही पुरातत्त्व विभागको स्वीकृत ड्रइङ डिजाइन तथा प्राविधिक सहयोग एवम् बाजुरास्थित त्रिवेणी नगरपालिकाको समन्वयमा परम्परागत निर्माण सामग्रीहरूको प्रयोग गरी पुरानो मौलिक स्वरूप अनुसार पुनर्निर्माण कार्य सम्पन्न गरिएको सेनाले जनाएको छ।

प्रकाशित: २६ असार २०८२ २०:४३ | Thursday, July 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast