त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, मालालगायतका वस्तुको प्रयोगमा प्रतिबन्ध

हिमाल प्रेस २६ असार २०८२ १५:४९ | Thursday, July 10, 2025
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, मालालगायतका वस्तुको प्रयोगमा प्रतिबन्ध

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले अध्यागमन क्षेत्रमा खादा, माला वा अन्य सजावटी वस्तुहरूको प्रयोगमा प्रतिबन्ध लगाएको छ। अध्यागमन क्षेत्र संवेदनशील र सुरक्षात्मक क्षेत्र भएको भन्दै कार्यालयले यस्ता वस्तुहरूको प्रयोगमा प्रतिबन्ध लगाएको हो।

अध्यागमन क्षेत्रभित्रको सुरक्षा, व्यवस्थापन र सहज एवं सञ्चालनका लागि नेपालबाट प्रस्थान गर्ने सबै यात्रु, ट्राभेल एजेन्सी तथा म्यानपावर कम्पनीहरूलाई यो निर्देशन लागू हुने कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार अध्यागमन क्षेत्र वा डेस्क वा काउन्टरमा रहँदा वा अध्यागमन प्रक्रियामा सहभागी हुँदा कुनै प्रकारको खादा, माला वा अन्य सजावटी वस्तुहरू प्रयोग गर्न पाइने छैन।

यी वस्तुहरूको प्रयोगका कारण अध्यागमन प्रशासनको कार्यमा जोखिम एवं ढिलाइ गराउसक्ने भएकाले यस्ता वस्तुहरूको प्रयोग निषेध गरिएको कार्यालयको भनाइ छ।

त्यस्तै कुने खास वा विशेष संकेत झल्किने पहिरन वा पहिचान झल्कने टोपी वा अन्य वस्तुहरूको प्रयोगमा पनि निषेध लगाइएको छ।

‘कुनै विशेष समूह, संगठन वा ट्राभल एजेन्सी÷म्यान पावर कम्पनीको परिचय वा आवद्धता झल्काउने किसिमका पहिरन, टोपी, ब्याज वा अन्य कुनै पनि पहिचानजन्य वस्तुहरू अध्यागमन क्षेत्रभित्र प्रयोग गर्न पाइने छैन। यसले कुनै पनि यात्रुलाई विशेष व्यवहार गरिएको भान पर्न सक्ने वा सुरक्षा संवेदनशीलतामा प्रश्न उठ्न सक्ने भएकाले सबैलाई समान व्यवहार सुनिश्चित गर्ने प्रयोजनार्थ यो नियम लागू गरिएको हो,’ कार्यालयले जारी गरेको सूचनामा भनिएको छ।

जारी भएको सूचनाको उल्लंघन भएको पाइएमा कानुनबमोजिम कारबाही हुने कार्यालयले चेतावनी दिएको छ।

प्रकाशित: २६ असार २०८२ १५:४९ | Thursday, July 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast