महाधिवेशनले पारित गरेको विषयमा प्रश्न उठाउनु संगठनात्मक अराजकता : एमाले महासचिव पोखरेल

हिमाल प्रेस २६ असार २०८२ १४:४४
28
SHARES
महाधिवेशनले पारित गरेको विषयमा प्रश्न उठाउनु संगठनात्मक अराजकता : एमाले महासचिव पोखरेल एमाले महासचिव शंकर पोखरेल। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको १०औंँ राष्ट्रिय महाधिवेशनले पारित गरेको विधानका विषयमा प्रश्न उठाउनु संगठनात्मक अराजकता भएको बताएका छन्।

आगामी भदौमा हुने भनिएको विधान महाधिवेशनको तयारीका सन्दर्भमा आज ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जनसंगठनका इन्चार्ज र पदाधिकारीको भेलालाई सम्बोधन गर्दै उनले आफू सहभागी भएर पारित गरेको विधानका बारेमा प्रश्न उठाउनु संगठनात्मक अराजकता भएको बताए।

महासचिव पोखरेलले विधान महाधिवेशनले अन्तिम रूप दिएका कतिपय प्रावधान तत्कालीन आवश्यकताका आधारमा राष्ट्रिय महाधिवेशनले संशोधन गर्न सक्ने बताए। ‘दुवै महाधिवेशनका प्रतिनिधि भएर त्यस्ता प्रावधान आफैँ अनुमोदन गर्ने अनि अहिले आफैँ प्रश्न गर्दै हिँड्ने कुरा अनैतिक हो,’ उनले भने, ‘राष्ट्रिय महाधिवेशनले पास गरेका विषयमा टिप्पणी गर्दै हिँड्ने कुरा अनुशासनहीन र अराजक हो। जसले यस्ता गतिविधि गर्दछ त्यसको प्रतिवाद गर्नुपर्दछ।’

उनले पार्टी र नेतृत्व विरुद्धको आक्रमण गतवर्ष पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेदेखि झनै बढेको बताए। एमाले सरकारमा रहेको धेरैलाई मन नपरेकाले अनेक लाञ्छना लगाएर हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला फैलाइने गरेको उनको भनाइ छ।

प्रकाशित: २६ असार २०८२ १४:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast