चट्याङले रेडियो सिन्धु १०५ मेगाहर्जको प्रसारण अवरुद्ध, २५ लाख रुपैयाँभन्दा बढीको क्षति

हिमाल प्रेस २५ असार २०८२ १७:३६
252
SHARES
चट्याङले रेडियो सिन्धु १०५ मेगाहर्जको प्रसारण अवरुद्ध, २५ लाख रुपैयाँभन्दा बढीको क्षति

सिन्धुपाल्चोक- चट्याङले उपकरण नष्ट हुँदा सदरमुकाम चौताराबाट सञ्चालित रेडियो सिन्धु १०५ मेगाहर्जको प्रसारण अवरुद्ध भएको छ। असार २२ गते र २४ गते रातिको चट्याङले रेडियोका उपकरणमा क्षति पुऱ्याउँदा प्रसारण अवरुद्ध भएको नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका अध्यक्ष ध्रुव दंगालले जानकारी दिए।

दुई पटकको चट्याङले टावर, ट्रान्समिटर, कम्प्युटर, टेलिफोन सेट, डबल लाइन टेलिफोन, हाइब्रिड लाइन, यूपीएसलगायत सबै उपकरण जलेर नष्ट भएका छन्। उपकरण जल्दा रेडियोको २५ लाख रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको दंगालले बताए।

रेडियो सिन्धु जिल्लाकै लोकप्रिय सञ्चारमाध्यमका रूपमा परिचित छ। प्रसारण बन्द हुँदा रेडियो सिन्धुका नियमित श्रोता सूचना, समाचार र मनोरञ्जन प्राप्त गर्नबाट वञ्चित भएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

महासंघले रेडियो सिन्धुलाई तत्काल पुनः सञ्चालनमा ल्याउन आर्थिक, प्राविधिक र उपकरणलगायत सहयोग उपलब्ध गराउन संघीय सरकार, प्रदेश सरकार, जिल्लाका १२ वटै स्थानीय सरकार, संघसंस्था र श्रोतासहित सरोकारवाला सबै निकायसँग अपिल गरेको छ।

प्रकाशित: २५ असार २०८२ १७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast