अमेरिकामा ‘सोलफूल यु.एस.ए. यात्रा’ गर्दै महेश र अस्मिता

हिमाल प्रेस २५ असार २०८२ ११:२२
22
SHARES
अमेरिकामा ‘सोलफूल यु.एस.ए. यात्रा’ गर्दै महेश र अस्मिता

काठमाडौँ- गायिका अस्मिता अधिकारी र गायक महेश काफलेको संयुक्त सांगीतिक कार्यक्रम ‘सोलफूल यु.एस.ए. यात्रा’ गर्ने भएका छन्। उक्त टुर सन् २०२५ को अगस्टदेखि अक्टोबरसम्म संयुक्त राज्य अमेरिकाका २० भन्दा बढी विभिन्न सहरमा आयोजना हुनेछ।

कार्यक्रम ओनेस्ट रियल इस्टेटको प्रस्तुत र थ्री ई इन्टरटेन्मेन्टले व्यवस्थापनमा आयोजना गरिएको हो। यात्रा कोलम्बस, ओहायो, मियामी, फ्लोरिडा, ब्रानफोर्ड, कनेक्टिकट, एसबर्न, भर्जिनिया, ल्यान्कास्टर, पेन्सिलभेनिया लगायतका अमेरिकी सहरमा पुग्नेछ।

महेश र अस्मिताको अमेरिकाको विभिन्न सहरमा राम्रो माग भएकाले यात्राको आयोजना गरेको थ्री ई इन्टरटेन्मेन्टका नेपाल  प्रतिनिधि अञ्जान बुढाथोकीले बताए।

गायकगायिका महेश र अस्मिताले पनि आफू सांगीतिक यात्राको लागि निकै उत्साहित रहेको बताए। अमेरिकामा रहेका नेपाली समुदायमाझ पुगेर गीत सुनाउने मौका रहेको भन्दै उनीहरूले खुसी व्यक्त गरेका छन्।

महेश र अस्मिताको ‘लजावती झार’, ‘नाच फिरिरि’, ‘लाइटरले बिडी सल्केको’ लगायतका गीतहरू चर्चित छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast