 
                             
                                            पर्सा- वीरगन्जमा खानेपानीको हाहाकार भएको छ। घरघरमा जडान गरिएका चापाकल सुकेसँगै वीरगन्ज महानगरवासी पानीको समस्यामा परेका हुन्। चापाकल सुकेपछि नेपाल खानेपानी संस्थान शाखा कार्यालयमा नयाँ धारा जडान गर्न अनुरोध गर्न आउनेको संख्या वृद्धि भएको छ।
वडा कार्यालय र महानगरमा समेत खानेपानीको समस्या लिएर पुग्ने सर्वसाधारणको संख्या दैनिक एक सय भन्दा बढी छन्। नेपाल खानेपानी संस्थान शाखा कार्यालयका प्रमुख प्रवीणकुमार साहले जिल्लाभरिनै खानेपानीको अभाव देखिएको जानकारी दिए।
‘यहाँका सर्वसाधारण चापाकल सुकेसँगै खानेपानीको लाइन जडान गर्न आउनेको संख्या बढेको छ,’ उनले भने।
                            प्रकाशित: २४ असार  २०८२ १७:१५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 