
काठमाडौँ- भारी वर्षाका कारण चीनको सीमा नाका भोटेकोशी नदीमा एक्कासी ठूलो बाढी आउँदा रसुवागढी भन्सार क्षेत्र टिमुरेमा ठूलो क्षति भएको छ।
लेदोसहितको ठूलो बाढीले नेपाल चीन जोड्ने मितेरी पुल बगाउनुका साथै भन्सार पासका लागि तयारी अवस्थामा रहेका गाडीहरू बगाएको स्थानीय प्रशासनले बताएको छ ।
नदी किनारमा रहेको भन्सारको यार्ड (ड्राइपोट)मा बाढीले व्यापक क्षति गरेको छ । ‘मान्छे पनि ८–१० जना हराएको खबर आएको छ। हामी बुझ्दैछौँ।’ भन्सार प्रहरी विटका इन्सपेक्टर प्रकाश पाण्डेले हिमाल प्रेससँग भने।
बाढीसँगै पुल बगाएसँगै नेपाल–चीन स्थलमार्ग अवरुद्ध बनेको छ भने कैयन व्यापारीहरू समेत विपद्मा फसेका छन् ।
प्रकाशित: २४ असार २०८२ ७:३२
प्रतिक्रिया