तारकेश्वरमा मोटरसाइकलको ठक्करबाट घाइते वृद्धको मृत्यु

हिमाल प्रेस १९ असार २०८२ १३:३९
12
SHARES
तारकेश्वरमा मोटरसाइकलको ठक्करबाट घाइते वृद्धको मृत्यु प्रतीकात्मक तस्बिर।

काठमाडौँ- काठमाडौँको तारकेश्वर नगरपालिका-८ शिवमन्दिर सडक खण्डमा मोटरसाइकलको ठक्करबाट घाइते भएका ७१ वर्षीय वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा तारकेश्वर-८ भेटघाट चोक बस्ने पैदल यात्री कुलबहादुर आचार्य रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

उनले भने,‘बुधबार राति अन्दाजी करिब ८:३० बजे तारकेश्वर पाँचमानेका २२ वर्षीय नविन घिमिरेले चलाएको बा ७४ प ४००५ नम्बरको डुक मोटर साइकलले निजलाई ठक्कर दिएको र टोखा स्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा वृद्धको राति ११:२० बजे मृत्यु भएको हो।’

ठक्कर दिने सवारी साधन नेपालटार ट्राफिक प्रहरी कार्यालय तथा मोटर साइकल चालक घिमिर प्रहरी बृत्त बालाजुको नियन्त्रणमा रहेको र शवको मुचुल्का गर्ने कार्य भइरहेको प्रवक्ता बोहराले बताए।

प्रकाशित: १९ असार २०८२ १३:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast