राष्ट्रसंघीय क्षेत्रीय मन्त्रिस्तरीय बैठकमा स्वास्थ्यमन्त्रीले भने- डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध

हिमाल प्रेस १३ असार २०८२ ११:४० | Friday, June 27, 2025
राष्ट्रसंघीय क्षेत्रीय मन्त्रिस्तरीय बैठकमा स्वास्थ्यमन्त्रीले भने- डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यमन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसंघीय क्षेत्रीय मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै नेपालको डिजिटल स्वास्थ्यका क्षेत्रमा भइरहेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराएका छन्।

थाइल्याण्डको बैंककमा सम्पन्न सम्मेलनमा नेपालका तर्फबाट मन्त्री पौडेलले नागरिकको स्वास्थ्य तथ्यांक छरिएर रहेकामा एकीकृत गर्नका लागि नेपालले नीतिगत रुपमा निर्णय गरेर सुधार प्रयास थालिसकेको प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘नागरिक परिचयपत्रमा जनसंख्यासम्बन्धी जानकारी आबद्ध गराउन थालिएको र स्वास्थ्यलाई समेत जोडेर एकीकृत तथ्यांक लिन नेपालले काम गरिरहेको छ।’

मन्त्री पौडेलले एकीकृत तथ्यांक अभावमा नीति निर्माणमा देखिएको समस्या अब व्यवस्थित हुने अपेक्षा गरिएको उल्लेख गर्दै डिजिटल स्वास्थ्य सुधारमा अन्तर मन्त्रालयस्तरीय सहकार्य अझ व्यापक पार्ने बताए।

सम्मेलनका क्रममा राष्ट्रसंघका लागि एसिया प्रशान्त क्षेत्रकी कार्यकारी सचिव अर्मिदा सलिसा अलिसजाभानासँगको वार्ताका क्रममा मन्त्री पौडेलले डिजिटल प्रणाली रुपान्तरणमा प्राविधिक कठिनाइ समेत हुने भएकाले संस्थाबाट सहकार्य अपेक्षा गरिएको बताइन्।

सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव ढुण्डीराज निरौलाले नेपालका तर्फबाट भइरहेका प्रयासमा एसिया प्रशान्त क्षेत्रबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले थप काम गर्ने हौसला मिलेको बताए।

जनसंख्या नीति चाँडै ल्याउने गरी मन्त्रालयले काम अघि बढाइरहेको जिकिर गर्दै उनले यसमा डिजिटल प्रणालीले विशेष भूमिका खेल्ने बताए।

प्रकाशित: १३ असार २०८२ ११:४० | Friday, June 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast