प्रधानमन्त्री लेख्छन्- सिमकोट केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिन्छ

हिमाल प्रेस १३ असार २०८२ ९:४४ | Friday, June 27, 2025
प्रधानमन्त्री लेख्छन्- सिमकोट केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिन्छ प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्ला सदरमुकाम सिमकोट केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसाग जोडिने बताएका छन्।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत हुम्ला अब टाढा छैन भन्दै हुम्लालाई सडक सञ्जालमा जोड्ने २६ वर्षको प्रतिक्षा पूरा हुन थालेको उल्लेख गरेका छन्।

‘हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ। हुम्लामा सडक सञ्जाल पुर्‍याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदै छ। यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने छ,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रकाशित: १३ असार २०८२ ९:४४ | Friday, June 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast