गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका तीन बिरामी

हिमाल प्रेस १३ असार २०८२ ७:२८ | Friday, June 27, 2025
गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका तीन बिरामी

गुल्मी- विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन्। बिरामी पर्नेहरूमा मुसिकोट नगरपालिका-४ दिगामचौरका ६८ वर्षीया फूलमाया कुमाल, ७६ वर्षीय थम्मनबहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारूले जानकारी दिए।

बिहीबार जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएपछि गए रातिनै उनीहरूलाई टाउको दुख्ने, रिंगटा लाग्ने र बान्ता हुनेजस्ता लक्षण देखिएको थियो। बिरामी भएका तीनै जनालाई गए राति उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको थियो।

घटनाको जानकारी पाउनासाथ गए रातिनै इन्द्रगौडा प्रहरी पोष्टबाट प्रहरी हवल्दार कृष्णमोहन केवटको नेतृत्वमा खटिएको प्रहरी टोलीले तीनै जनालाई उपचारका लागि तत्कालै पाल्पा पठाएको थियो।

उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ असार २०८२ ७:२८ | Friday, June 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast