सर्वोच्चले मुकुलको रिटमा दुवै पक्षलाई असार १७ गते बोलायो

हिमाल प्रेस १२ असार २०८२ १९:२३ | Thursday, June 26, 2025
सर्वोच्चले मुकुलको रिटमा दुवै पक्षलाई असार १७ गते बोलायो

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निष्कासनमा परेका डा. मुकुल ढकालको रिटमा अन्तरिम आदेशका लागि छलफल गर्न दुवै पक्षलाई असार १७ गते बोलाएको छ।

सर्वोच्च अदालतलका प्रवक्ता अच्युत कुईँकेलले अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको जानकारी दिए।

ढकालले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री कायम राख्नुपर्ने र निर्वाचन आयोगको अभिलेख पनि कायम गर्नुपर्ने मागसहित बुधवार रिट दायर गरेका थिए।

इजलासले निर्वाचन आयोगको अभिलेखबारे समेत विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको प्रवक्ता कुईँकेलले जानकारी दिए।

सर्वोच्चले ढकालको मागअनुसार अन्तरिम आदेश जारी नगर्नुपर्ने कारण १५ दिनभित्र पेश गर्न पनि विपक्षीलाई भनेको छ।

प्रकाशित: १२ असार २०८२ १९:२३ | Thursday, June 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast