
काठमाडौँ- सुनकोशी गाउँपालिकाका १२ जना बाल विकास सहजकर्ता, शिक्षा शाखा प्रमुखसहितको टोली आज अन्तर्राष्ट्रिय शिक्षा तालिमकाे लागि धमकाया फाउन्डेसन थाइल्यान्ड प्रस्थान गरेका छन्। उनीहरूले UG5 विषयमा एक महिनासम्म तालिम लिने कार्यक्रम तय भएको छ।
बाल विकास शिक्षाको गुणस्तर अभिवृद्धि गर्न र अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने उद्देश्यले पठाइएको टोलीलाई बिदाइ गर्न आयोजित कार्यक्रममा बागमती प्रदेशसभा सदस्य शुष्पा भुजेल, प्रमुख प्रशासकीय अधिकृत, वडा नं. ५ का वडाध्यक्ष सुरथ कुमार बसेल, मियामी कन्सल्ट्यान्सीका प्रतिनिधि राकेश महर्जन, आवि खानीगाउँका प्रअ धनदोजे तामाङ लगायत अभिभावकहरू उपस्थित थिए।
उनीहरूले शुभकामना व्यक्त गर्दै शिक्षकहरूको क्षमता अभिवृद्धि हुनुका साथै गाउँपालिकाको बाल शिक्षामा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे।
गाउँपालिकाको तर्फबाट यस्तो पहल पहिलोपटक भएको हो। तालिमबाट फर्किएपछि सहभागी शिक्षकहरूले आ-आफ्ना विद्यालयमा प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्ने अपेक्षा गरिएको छ।