भूमि मन्त्रालय मातहतका कार्यक्रम होटेल तथा रिसोर्टमा गर्न नपाइने

हिमाल प्रेस १४ वैशाख २०८३ १७:५४ | Monday, April 27, 2026
8
SHARES
भूमि मन्त्रालय मातहतका कार्यक्रम होटेल तथा रिसोर्टमा गर्न नपाइने

काठमाडौँ –भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रमहरू अब कार्यालयभित्रकै सभाहल तथा बैठक कक्षमा मात्रै गर्नुपर्ने भएको छ।

मन्त्रालयको योजना अनुगमन तथा मूल्याकंन महाशाखाले सोमबार  सबै महाशाखा, आयोग, प्राधिकरण, विभाग  तथा कार्यालयहरूलाई परिपत्र गर्दै सरकारी खर्चलाई मितव्ययी र उपलब्धिमूलक बनाउन यस्तो निर्देशन दिएको हो।

महाशाखाका अनुसार अब कुनै पनि कार्यालयले बैठक, गोष्ठी, तालिम, सेमिनारलगायतका कार्यकमहरु होटेल तथा रिसोर्टहरुमा सञ्चालन नगरी आफनै कार्यालय परिसर वा सरकारी संरचनाभित्र रहेका सभा कक्ष र तालिम कक्षमा मात्रै गर्नुपर्ने छ।

यस्तो छ मन्त्रालयको परिपत्रः

प्रकाशित: १४ वैशाख २०८३ १७:५४ | Monday, April 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast