भिजिट भिसा प्रकरणमा १४ गृहमन्त्रीमाथि छानबिन होस् : ज्ञानेन्द्र शाही

हिमाल प्रेस १० असार २०८२ १३:१९ | Tuesday, June 24, 2025
भिजिट भिसा प्रकरणमा १४ गृहमन्त्रीमाथि छानबिन होस् : ज्ञानेन्द्र शाही फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्रबहादुर शाहीले भिजिट भिसा प्रकरणमा विगत १८ वर्षमा गृहमन्त्री पदमा रहेर निर्णय लिने १४ जनामाथि पनि छानबिन हुनुपर्ने माग गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा गृहमन्त्री रमेश लेखकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरिएको जानकारी गराएपछि शाहीले धारणा राख्दै सो समितिमाथि असहमति जनाए।

‘अहिले गठित समितिले न्याय दिन सक्दैन,’ उनले भने, ‘यो विषय राजनीतिक र सत्तास्वार्थभन्दा माथि हो। विगत १८ वर्षमा गृहमन्त्री भएका १४ जनामाथि पनि छानबिन होस्।’

शाहीले ‘जो दोषी छन्, उनीहरूलाई कारबाही होस्’ भन्दै निष्पक्ष र प्रभावकारी छानबिनको माग गरे। उनले समितिमा सरकारका निकट व्यक्ति रहेका कारण सत्य बाहिर नआउने दाबी गर्दै समितिलाई अस्वीकार गरे।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि सो समितिमा असहमति जनाउँदै बहालवाला वा पूर्वन्यायाधीशको नेतृत्वमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ। सांसद डा. स्वर्णिम वाग्लेले गृहमन्त्री लेखक स्वयं सन्देहको घेरामा रहेको भन्दै राजीनामा दिन आग्रह गरेका छन्।

प्रकाशित: १० असार २०८२ १३:१९ | Tuesday, June 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast