शंकरदास वैरागी जाँच समितिका लागि उपयुक्त छैनन् : विपक्षी दल

हिमाल प्रेस १० असार २०८२ १२:३४ | Tuesday, June 24, 2025
शंकरदास वैरागी जाँच समितिका लागि उपयुक्त छैनन् : विपक्षी दल

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक स्वयं सन्देहको घेरामा रहेको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले गठन गरेको पूर्वमुख्य सचिव शंकरदास वैरागी नेतृत्वको छानबिन समिति अस्वीकार गर्ने स्पष्ट घोषणा गरे।

वाग्लेले भिजिट भिसा काण्डलाई ‘गम्भीर कुशासन, लुट, संगठित भ्रष्टाचार र मानव तस्करी’ सँग जोडिएको विषय भन्दै राजनीतिक संरक्षणमा भएको आपराधिक गतिविधि भनेर टिप्पणी गरे।

उनले समितिका अध्यक्ष शंकरदास वैरागीबारे पनि शंका व्यक्त गर्दै भने, ‘वैज्ञानिक रूपमा वैरागी स्वयं अनुसन्धानको रडारमा रहेका पात्र हुन्, उनी सत्ता पक्षका सधैं प्रिय पात्र हुन्। यस्तो अवस्थामा उनले छानबिनको जिम्मेवारी लिनुहुन्न भन्ने हाम्रो पार्टीको स्पष्ट मत हो।’ वाग्लेले गृहमन्त्री लेखकमाथि पनि प्रश्न उठाउँदै भने, ‘गृहमन्त्री स्वयम् सन्देहको घेरामा हुनुहुन्छ।’

रास्वपाले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि बहालवाला वा पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ। संसद्को अर्को विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि उक्त छानबिन समिति अस्वीकार गरेको छ।

प्रकाशित: १० असार २०८२ १२:३४ | Tuesday, June 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast