बागलुङको दव्ल्याङमा पहिरो, कालीगण्डकी करिडोर ठप्प

हिमाल प्रेस ६ असार २०८२ ९:५६ | Friday, June 20, 2025
बागलुङको दव्ल्याङमा पहिरो, कालीगण्डकी करिडोर ठप्प प्रतिनिधिमूलक तस्बिर।

बागलुङ- बागलुङ नगरपालिका-१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ। बिहीबार रातिदेखिको अविरल वर्षापछि आएको पहिरोका कारण दव्ल्याङमा सडक बगाएको हो।

सामान्य वर्षामा समेत उक्त सडक अवरुद्ध हुने गरेको छ। करिडोर अवरुद्ध हुँदा बागलुङ सदरमुकाम बागलुङ बजारबाट जिल्लाको दक्षिणी क्षेत्रमा सवारी आवागमन ठप्प भएको प्रहरी सहायक निरीक्षक गंगाराम विकले बताए। करिडोर हुँदै लामो दूरीका लागि छुटेका सवारीसाधन समेत बाटोमै थन्किएका छन्।

कालोपत्र गर्ने काम चलिरहेको बागलुङ-बलेवा विमानस्थल खण्डमा ठाउँठाउँमा पहिरोले करिडोर भत्काएको छ। कालोपत्रको काम गरिरहेको बिडारी निर्माण सेवाले पहिरो पन्छाउने र पहिरोले बगाएका संरचना पुनर्निर्माणको काम गरिरहेको भए पनि सडक खुल्न केही समय लाग्ने प्रहरी सहायक निरीक्षक विकले बताए।

प्रकाशित: ६ असार २०८२ ९:५६ | Friday, June 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast