प्रचण्ड भन्छन्- असार १५ मा विधेयक संसद्‍बाट पास नभए शिक्षा क्षेत्रमा अराजकता फैलिन्छ

हिमाल प्रेस ३ असार २०८२ १६:५४ | Tuesday, June 17, 2025
प्रचण्ड भन्छन्- असार १५ मा विधेयक संसद्‍बाट पास नभए शिक्षा क्षेत्रमा अराजकता फैलिन्छ फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले असार १५ मा विद्यालय शिक्षा विधेयक संसद्‍बाट पास नभए शिक्षा क्षेत्रमा अराजकता फैलिने बताएका छन्।

प्रेस सेन्टर चितवनले आज दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने,‘यदि विधेयक समयमै संसद्‍बाट पास नभए शिक्षा क्षेत्रमा अराजकता फैलिन सक्छ।’

उनले कानुन निर्माणको थलो संसद्‍मा अवरोधन नगर्न आग्रह गरे। अध्यक्ष प्रचण्डले बजेट पारित गर्नुपर्ने, संघीय निजामती सेवा ऐन, विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने लगायतका जिम्मेवारीबोधका साथ ३० दिनभित्र छानबिन समिति बनाउने सर्तमा संसद्को अवरोध खुलाउन सहमति गरिएको बताए।

प्रकाशित: ३ असार २०८२ १६:५४ | Tuesday, June 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast