
काठमाडौँ- नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको हो।
यसअघि सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ कायम थियो।मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार तोलामा १ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार तोलामा १ हजार १६० रुपैयाँ कायम भएको हो ।
प्रकाशित: ३ असार २०८२ ११:०६
प्रतिक्रिया