एनसेल ‘सधैँ अन करोडपति योजना’ : एक करोड नगद बम्पर पुरस्कार

हिमाल प्रेस १ असार २०८२ २०:५५ | Sunday, June 15, 2025
एनसेल ‘सधैँ अन करोडपति योजना’ : एक करोड नगद बम्पर पुरस्कार

काठमाडौँ– एनसेलले आफ्ना ग्राहकहरूका लागि ‘सधैँ अन करोडपति’ योजना सञ्चालनमा ल्याएको छ। यो योजनाअन्तर्गत ग्राहकहरूले एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार जित्ने सनौला मौका पाउने एनसेलले जनाएको छ।

योजनाअन्तर्गत हरेक हप्ता १० जना भाग्यशाली ग्राहकले जनही १ लाख रुपैयाँ पुरस्कार जित्नसक्ने एनसेलले बताएको छ। यो साप्ताहिक नगद पुरस्कार १२ हप्तासम्म जारी रहनेछ।

यसका साथै यो योजनामा सहभागी हुने प्रत्येक ग्राहकले डेटा, भ्वाइस वा डिजिटल सेवालगायत विभिन्न सेवा बोनसस्वरुप प्राप्त गर्ने एनसेलले जनाएको छ।  ‘सधैँ अन करोडपति’ योजना आइबारदेखि सुरु भएर १२ हप्तासम्म सञ्चालन हुनेछ।

यो योजनामा सहभागी हुन ग्राहकले कम्तीमा ९९ रुपैयाँ वा सोभन्दा माथिको कुनै पनि एनसेल सेवा जस्तै नयाँ सिम, डेटा प्याक, भ्वाइस प्याक, एसएमएस प्याक, रोमिङ प्याक वा कम्बो प्याक लिनुपर्ने हुन्छ।

एनसेलले जनाएअनुसार यो योजना आइतबारदेखि शनिबारसम्मको साप्ताहिक चक्रअनुसार सञ्चालन हुनेछ।

‘यो मनसुनमा एक दशकभन्दा लामो समयपछि हामीले यति ठूलो योजना सञ्चालनमा ल्याएका छौँ। सबैलाई सधैँ सहज, सुलभ सेवामार्फत जोडी राख्ने हाम्रो प्रतिबद्धताबमोजिम हामी हाम्रो ‘सधैँ अन’ पहलअन्तर्गत यो योजना सञ्चालन गर्न पाएकोमा उत्साहित छौँ। एक करोड रुपैयाँको नगद बम्पर पुरस्कारदेखि सहभागी सबैलाई केही न केही बनोसको व्यवस्था रहेकोले योजना विशेष बनेको छ,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले भने।

ग्राहकहरुले *१२३# डायल गरी, नजिकको आधिकारिक खुद्रा विक्रेता वा एनसेल सेन्टरमा गई, अथवा एनसेल एप, एनसेल वेबसाइटमार्फत एनसेल सेवा लिन सक्ने एनसेलले जनाएको छ।

प्रकाशित: १ असार २०८२ २०:५५ | Sunday, June 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast