प्रतिनिधिसभामा आजदेखि बजेटमाथिको छलफल चलाइँदै

हिमाल प्रेस १ असार २०८२ ६:५३ | Sunday, June 15, 2025
प्रतिनिधिसभामा आजदेखि बजेटमाथिको छलफल चलाइँदै

काठमाडौँ- संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। बैठक बिहान ११ बजे संसद् भवन नयाँ वानेश्वरमा बस्नेछ ।

बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको “पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूचीमा उल्लेख छ।

त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ बैठकमा पेस गर्नेछन्।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आगामी आर्थिक २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् ।

आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने समेत संसद् सचिवालयले जानकारी दिएको छ।

प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरण छानबिन गर्न संसदीय समिति गठनको माग राख्दै रास्वपा र राप्रपाले भने विरोध जनाउँदै आएका छन् ।

प्रकाशित: १ असार २०८२ ६:५३ | Sunday, June 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast