प्रधानमन्त्री र विश्व बैंकका प्रमुुख प्रशासकीय अधिकृतबीच शिष्टाचार भेट

हिमाल प्रेस ३० जेठ २०८२ २१:४०
22
SHARES
प्रधानमन्त्री र विश्व बैंकका प्रमुुख प्रशासकीय अधिकृतबीच शिष्टाचार भेट

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख प्रशासकीय अधिकृत डेभिड सिस्लेनले आज (बुधबार)  शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा उनीहरूबीच नेपालमा लगानी वृद्धि र रोजगारी सृजनाका माध्यमबाट विकासका लक्ष्य हासिल गर्न आपसी सहकार्य बढाउने विषयमा छलफल भएको छ। प्रधानमन्त्री ओलीले विश्व बैंक नेपालले तयार गरेको ६ वर्षे रणनीतिक सहकार्यको कार्यढाँचा (२०२५–२०३१) लाई बैंकले स्वीकृत गरेकोमा धन्यवाद दिँदै दिगो विकास लक्ष्य हासिल र नेपाललाई विकासोन्मुख मुलुकमा स्तरोन्नतिका लागि निरन्तर आर्थिक र प्राविधिक सहयोगका लागि खुसी व्यक्त गरे।

प्रधानमन्त्री ओलीले कृषिको आधुुनिकीकरण, उत्पादकत्व वृद्धि, उद्यमशीलता, व्यवसाय र सेवा क्षेत्रमा युवाहरुको सहभागितामा सरकारले प्राथमिकता दिएको अवगत गराउँदै जलवायुु परिवर्तनका लागि विश्व समुुदायलाई नेपालले गरेको योगदानका आधारमा उचित क्षतिपूर्ति पाउनुुपर्नेमा जोड दिए। उनले आफूू पहिलो पटक प्रधानमन्त्री हुँदा पूर्वाधार विकासमा उच्च प्राथमिकता दिएको तर भूकम्प र बाढी पहिरोजस्ता विपद्का कारण पुनः निर्माणका काममा लाग्नुपरेकाले सोचे जति विकास हुन नसकेको स्थितिमा अब उत्पादन, बजारीकरण र रोजगारी वृद्धिका लागि लागिएकाले यसमा बैंकजस्ता संस्थाको सहयोग आवश्यक हुने बताए।

प्रमुु्ख सिस्लेनले ६ वर्षे रणनीतिक सहकार्यको कार्यढाँचाअन्तर्गत नेपालको रोजगारी सृजना, जलवायु अनुकूलन, विपद जोखिम न्यूूनीकरण, कृषि, सामाजिक र संस्कृतिका क्षेत्रमा लगानी अभिवृद्धि गर्ने योजना रहेको सुनाए। उनले प्रधानमन्त्री ओलीको हिमालदेखि समुद्रसम्मको सुरक्षाको अवधारणामा सहकार्य गर्न आफूहरू तत्पर रहेको बताए।

प्रकाशित: ३० जेठ २०८२ २१:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast