माओवादीले वीरतापूर्वक आत्मसमर्पण गर्‍यो : राजेन्द्र लिङ्देन

हिमाल प्रेस ३० जेठ २०८२ १७:१८
38
SHARES
माओवादीले वीरतापूर्वक आत्मसमर्पण गर्‍यो : राजेन्द्र लिङ्देन राजेन्द्र लिङ्देन। फाइल तस्बिर।

काठमाडौँ– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारसँग दुईबुँदे सहमति गरेर माओवादीले वीरतापूर्वक आत्मसमर्पण गरेको टिप्पणी गरेका छन्। संसद्को शुक्रबार बसेको बैठकमा उनले यस्तो टिप्पणी गरेका हुन्।

उनले भने, ‘१७–१८ दिनदेखिको नाटकमा वीरतापूर्वक आत्मसमर्पण गरेको छ। दुई दलले लुटतन्त्रका लागि समझदारी भएको भन्ने कुरा नेपाली जनताले बुझेका छन्।’

लिङ्देनले भिजिट भिसा प्रकरणमा राजनीतिक नेतृत्वको संरक्षणबिना भ्रष्टाचार हुन नसक्ने बताए। उनले भने, ‘यसबाट देशको बेइज्जत भएको छ। यसको छानबिन हुनुपर्छ, गृहमन्त्रीसँग नैतिकता छ भने राजीनामा दिनुपर्छ।’

यसैगरी लिङ्देनले मानिसको लेख्न पाउने र बोल्न पाउने अधिकारमाथि सरकारी हस्तक्षेपको निन्दा गरे। उनले सरकारले जंगे शासन चलाउन खोजेको आरोप पनि लगाए।

लिङ्देनले भने, ‘राप्रपालगायतका दलले शान्ति पूर्ण रूपमा प्रदर्शन गरिरहेका बेला कमल थापालाई पक्राउ गरियो। उनलाई भेट्न गएका सांसद दीपक सिंहलाई त्यहीँ नियन्त्रणमा लिइयो। यस्ता कार्य संविधानविपरीत छ, यसप्रति म भर्त्सना  गर्दछु।’

प्रकाशित: ३० जेठ २०८२ १७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast